राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा

विराटनगर । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ। बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो ।

नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती राई विजयी हुनु भएको छ भने मधेस प्रदेशमा उर्मिला अर्याल र मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भयो ।

यस्तै लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा र युवराज शर्मा विजयी भएका छन् भने कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट र उदयबहादुर बोहरा निर्वाचित हुनु भएको छ । यसैगरी सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएको आयोगले जनाएको छ।

निर्वाचनमा ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका हुन् ।

Back to top button