नोबेल हस्पिटलभित्र तोडफोडको विरोध गर्दै राष्ट्रिय एकता अभियान द्वारा विरोध प्रदर्शन

विराटनगर । विधार्थी आंदोलनको नाममा नोबेल हॉस्पिटलभित्र तोड़फोड़ तथा बिरामी कुरुवा लाई आतंकित पार्ने एबं नर्सहरु सँग अभद्रता गरेको भन्दै राष्ट्रीय एकता अभियान मोरंगले बिराटनगरको महेन्द्र चौकमा बिरोध प्रदर्शन गरेको छ।

अभियानका मोरंग संयोजक जितेंद्र यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनमा हस्पिटलभित्र गुंडागर्दी गर्न पाईदैन,बिरामीलाई आतंकित गर्न पाईदैन,आंदोलनको नाममा गुंडागर्दी बंद गर, नोबेल हॉस्पिटल भित्र आतंक मचाउने ऊपर कार्यवाही गर, जस्ता नारा समेत लगाइएको थियो । आन्दोलन आफैमा गलत नभएपनि आन्दोलन सरोकारवाला केन्द्रित कुनुपर्ने अभियानको जोड छ।
तर, कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापी सही मान्न नसकिने भन्दै नोवेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतीका लागि जिम्मेवार भएकाहरुलाई यथाशिघ्र नियन्त्रण गरी कारवाही गर्न माग राख्दै राष्ट्रीय एकता अभियानले समेत आन्दोलन गरीरहेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच केहि दिन अघि झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए।

Back to top button