आतंकवादी हमलामा पाकिस्तानमा १० सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानमा भएको आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गएको छ। इरान र अफगानिस्तानको सीमा जोडिएको बलोचिस्तान प्रान्तको केच जिल्लाको एक चौकीमा आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले घटनाबारे विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो। ​

बिहीबार राति आतंकवादीहरूले अचानक हमला गरेको र एक आतंकवादी पनि मारिएको सेनाले उल्लेख गरेको छ। घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

Back to top button