सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य अधिकतम ९ सय रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९ सय रुपैयाँले नै घट्दै ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top button