जाल्पा लघुवित्तको आईपीओ खुल्दै

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

लघुवित्तले माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९ सय कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ ।

माघ २५ गतेसम्म आवेदन दिन सकिने यस लघुवित्तको आईपीओमा तोकिएको समयसम्ममा पर्याप्त आवेदन नपरे फागुन ६ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले बताएको छ ।

एक सय रुपैयाँ अंकित लघुवित्तको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Back to top button