गठबन्धन दलका शीर्ष तीन नेताबिच भेटवार्ता

काठमाडौं । सत्तारुढ गठबन्धन दलका शीर्ष तीन नेताबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभएको छ ।

यस्तै हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको बताइएको छ । हिजो प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिनुभएको थियो ।

Back to top button