भारतमा एक दिनमा थपिए २ लाख ५१ हजार संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा एक दिनमा २ लाख ५१ हजार २०९ जना कोरोना संक्रमित थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हिजो कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको छ । भारतमा हालसम्म ४ करोड ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ । अहिले भारतमा कोरोना संक्रमण दर १५ दशमलव ८८ प्रतिशत रहेको छ ।

Back to top button