नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। आज भएको सेमिफाइनलमा इटालीयन खेलाडी मातेओ बेरितिनीलाई पराजित गरेर स्पेनिस नाडालले फाइनलमा स्थान पक्का गर्नुभएको हो ।

नाडाल २१ औँ ग्राण्डसलाम उपाधिबाट मात्रै एक जित पर हुनुहुन्छ । सातौँ बरियताका बेरितिनीलाई नाडालले ६–३, ६–२, ३–६ र ६–३ सेटमा पराजित गर्नुभएको हो । ३५ वर्षका नाडालले अहिलेसम्म २० ग्राण्डसलाम उपाधि जित्नुभएको छ ।

उहाँले समान नोभाक जोकोविच र रोजर फेडेररले पनि २० ग्राण्डसलाम उपाधि जित्नुभएको छ । आइतबार हुने फाइनलमा नाडालले डानिल मेडभेडेभ वा स्टेफानोसा टित्सिपासको सामना गर्नुहुनेछ ।

Back to top button