‘तिम्रो याद आयो’ मा विजय र प्रमिलाको जोडी (भिडियोसहित )

काठमाडौं । दुई वर्षअघि विवाह बन्धनमा बाँधिएका रङ्गकर्मी विजय बराल र प्रमिला खनालको जोडी पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिनुभएको छ ।

गोपाल लोहारको शब्द, सविन सुवेदीको स्वर तथा दीपक शर्माको संगीत रहेको ‘तिम्रो याद आयो’ बोलको गीतको भिडियोमा विजय र प्रमिला सँगै देखिनुभएको हो ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियोमा धन कमाउन बिदेशिएका श्रीमान् र श्रीमान्‌को प्रतीक्षामा रहेकी श्रीमतीको कथा देखाइएको छ। आफ्नो जहानको प्रेमले गर्दा परदेशबाट फर्किएको पात्रको भावनालाई गीतले समेटेको छ ।

श्याम तामाङले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।

 

 

Back to top button