निर्वाचनको मिति कानूनमै तोकिनुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको मितिलाई सरकार र दलीय तजबिजीको अधिकार बनाउन नहुने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचन तोक्न सत्ता गठबन्धनले आनाकानी गरिरहेका बेला पोखरेलले चुनावको मिति कानुनमै स्पष्ट व्यवस्था हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको हो ।

उहाँले चुनाव ढिलो चाँडो गराउँदा दलीय स्वार्थ पूरा हुने भए पनि त्यसले लोकतन्त्रलाई कमजोर बनाउने तर्क गर्नुभएको छ । ‘लोकतन्त्रको प्राणवायु आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ती त गर्ला तर यस्ले अन्ततः लोकतन्त्रलाई हराउछ। लोकतन्त्र हार्ने काम कसैले नगरौं, पोखरेलले भन्नुभएको छ ।

पूर्व प्रमुख आयुक्त पोखरेलले निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्तगर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानूनमै किटान गर्नुपर्नेमा जोड दिएको छ ।

Back to top button