आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडौं । नेपाल सरकारले आज ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव समेत रहनुभएका आचार्य यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । उहाँ सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव हुनुहुन्थ्यो ।

यस्तै, वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ राजदूतको पद खाली हुनुभएको थियो ।

Back to top button