बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन–रूस सीमामा तनाव बढेको बिषयमा छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जाने हुनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै त्यस क्षेत्रको भ्रमणमा जाने हुनुभएको स्रोतलाई उदृत गर्दै जनाएका छन् ।

Back to top button