कालिन्चोक दर्शन लिमिटेडको आईपीओ जारी हुँदै

ठमाडौं । कालिन्चोक दर्शन लिमिटेड पशुपतिभिजन, पिंगलास्थान, गौशाला, काठमाडौंले १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आयोजना प्रभावित क्षेत्रसहित १२ लाख साधारण शेयर निष्काशन गर्नको कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापश्चात साधारण शेयर निष्काशन गरिने भएको छ।

Back to top button