गतिरोधको निकास नखोजे गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर भएर निकास निकाल्न नसक्दा सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताउनुभएको छ ।

नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भिर हुन आग्रह गर्नुभएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले भन्नुभयो,‘सबैतिर गतिरोध छ । संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ ।’

पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताउनुभएको छ ।

Back to top button