शिक्षामा लगानी बढ्ने गरि कानुन बनाईदैः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनुभएको छ ।

सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्ने वातावरण बन्ने बताउनुभएको हो ।

काठमाडौंको एक विद्यालयको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार कटिबद्ध रहेको बताउनुभयो ।

संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्ने जानकारी दिँदै उहाँले भन्नुभयो,‘एउटा स्कुल लेभलको कानुन। टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ, त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ।’

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान समेत गर्नुभयो ।

Back to top button