सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको छ।

गत शुक्रवार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ।

Back to top button