स्थानीयतहको निर्वाचन समयमै हुनुपर्छः डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो ।

नेता कोइरालाले निर्वाचनको मिति तय गर्न गठबन्धन दलसँग नभई सरकारले निर्वाचन आयोगसँग छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य डा. कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव समेत दिनुभयो ।

यस्तै प्रदेश १ को नामाकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको संख्या बढाउने कुराले सुशासनमा असर पर्ने बताउनुभयो । देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

Back to top button