बन्जरा एग्रो फार्मले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालसँग ब्रान्ड एम्बेस्डरका लागि भोलि सम्झौता गर्ने

विराटनगर । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बन्जरा एग्रो फार्म विराटनगरको ब्रान्ड एम्बेस्डरका लागि सम्झौता गर्ने भएको छ । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उहाँ पहिलो नम्बरमा हुनुहुन्छ ।

विश्वमा आफ्नो इतिहास रच्ने खेलाडीलाई राज्यले बेवास्ता गरेका कारणले प्रिन्सलाई सहयोग गर्ने उद्देश्यले ब्रान्ड एम्बेस्डर बनाउन खोजिएको बन्जरा एग्रो फार्मका संचालक संजय चापागाईंले बताउनु भयो । खेलाडीका भविष्य नदेखेका कारणले सहयोग गरेको उहाँको भनाई रहेको छ । । ‘प्रिन्सलाई सहयोग गर्ने रकमले १० वटा राम्रा गाई खरिद गर्न सकिन्थ्यो होला’, चाँपागाइले भन्नुभयो, ‘राज्यले पनि नहेर्ने नीजि क्षेत्रले पनि नहेरेको थाहा पाएपछि हामिले चासो दिएका हौ ।’

ब्याडमिन्टनका बरिष्ठ रेफ्री उदय अर्यालले सरकार राज्यको दायित्वबाट हटेको आरोप समेत लगाउनु भएको छ । फुटबल टुर्नामेन्ट हुँदा ५ लाख घोषणा गर्न सक्ने सरकारले विश्वको सामु ब्याडमिन्टनबाट नेपालको नाम राख्न सक्नेलाई वास्ता नगरेको उहाँको आरोप रहेको छ ।

राष्ट्रिय खेलकुद परिषदका प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनले नेपाल सरकारले वास्ता नगरको देख्दा अचम्म लागेको बताउनु भयो । एक बर्ष सम्म प्रिन्स दाहाललाई टिकाउन चुनौति रहेको भन्दै उहाँले सरकारले यसरी नै वेवास्ता गर्ने हो भने उहाँले नेपालका लागि बनाएको परिचयको अर्थ नहुने समेत बताउनु भयो । एग्रिकल्चरले पहिलोपटक खेलाडीलाई एम्बेस्डर बनाउन खोजेको भन्दै बन्जरा एग्रो फार्मलाई धन्यवाद दिनु भयो ।

खेलाडी प्रिन्स दाहालले भने राज्यले सहयोग गर्ने विश्वस्त रहेको बताउनु भएको छ ।

Back to top button