एमसीसी संसदबाट अनुमोदन गराउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू सहमत

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् ।

गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको नेपाली कांग्रेसका नेता तथा सरकार सञ्चालनका लागि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा सहमति जुटाउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा यही बेला एमसीसी पनि अनुमोदन गराउने तयारीमा समेत रहनु भएको छ । उहाँले गठबन्धनका नेताहरूसँग अमेरिकाले एमसीसीका लागि फेब्रुअरी १ सम्मको समय दिएको र त्यसबेलासम्म अनुमोदन नभए फिर्ता लैजाने भनेको बताउनु भएको थियो ।
बैठकमा कांग्रेस नेता पौडेलले एमसीसीबारे स्पष्ट धारणा दिन माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भन्नु भएको थियो । ‘

प्रचण्ड र माधव नेपाल पनि एमसीसी अनुमोदन गराउने कुरामा सकरात्मक हुनु भएको छ । ।

हिले एमसीसी पारित नगरे नेपालको विद्युतको बजार गुम्ने बारे पनि नेताहरुले बैठकमा चर्चा गरेका थिए ।

Back to top button