एमसिसी पास गरौँ, देश थप कंगाल बनाएर बर्बाद नपारौँ :बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गर्नु भएको छ ।

यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उहाँको भनाई रहेको छ ।

एमसिसी परियोजना नलिए देश थप कंगाल बन्ने र शक्ति केन्द्रको चलखेलबाट देश बर्बाद बन्न सक्ने भट्टराईको तर्क रहेको छ ।

‘यो प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, भट्टराईले लेख्नु भएको छ , ‘देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस्।’

अहिले सत्तारुढ दलबीचएमसिसीबारे बहस उत्कर्षमा पुगे पनि ठोस सहमति बनि नसकेकाले संसद बैठक थप १० दिन पछाडि सारिएको छ।

Back to top button