राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ ।

ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यस्तै, भारतीय नागरिक श्रीनिवासले नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकामासँगै काम गर्नुभएको थियो । ओमानमा हुने ग्लोबल क्वालीफायरका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा ​छ। क्यानकाअनुसार श्रीनिवास हिजो नै काठमाडौं आइपुग्नुभएको छ ।

Back to top button