तुलसीपुर मेयरका छोराविरुद्ध डेढ करोड ठगीको आरोप

काठमाडौं । दाङका एक निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको हो ।

उहाँले तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताउनुभयो ।

यस्तै, पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्दै पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अवस्था आएकाले आफू वाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको उहाँले बताउनुभयो ।

Back to top button