बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या

कञ्चनपुर । लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार रामविलासले हिजो राति १० बजे करिब ४२ वर्षीय गन्नु रानाको हत्या गरेका हुन्। रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा रामविलासले बुवाको हत्या गरेको स्वीकार गरेका छन्,’ उहाँले भन्नुभयो, ‘थप अनुसन्धानको कार्य भैरहेको छ। म्याद थप गर्नका लागि आज रामविलासलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराउँदै छौं।’

यस्तै, मृतकको शव परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ।

Back to top button