अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जना पक्राउ, मुख्य सञ्चालक फरार

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर पनि हुनुहुन्छ । मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने त्यो अनलाइन जुवाको मेनेजर हो । मुख्य सञ्चालकचाहिँ फरार हुनुहुन्छ ।

मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । रेष्टुरेण्ट सञ्चालक सुवास घिसिङ हो ।

कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने घिसिङचाहिँ अहिले फरार हुनुहुन्छ । जुवा खेलाडीहरुलाई बिङ्गो एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली रेष्टुरेण्टमा पुगेको थियो ।

बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Back to top button