प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ।

अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि आज बालुवाटार पुग्नुभएका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गर्नुभएको हो ।

त्यस क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गर्नुभइको हो’, बालुवाटार स्रोतले भन्यो।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ। यद्यपी, हालसम्म टेबुल गरिएको छैन। अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएको बेला नेताहरू छलफलमा जुटेका हुन्।

गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणाहरु सार्वजनिक हुँदै आएको छ।

Back to top button