स्वास्थ्यमन्त्री विरुद्ध युवासंघको अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज उजुरी दिएको छ ।

युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू सम्लग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो ।

यसअघि हिजो स्वास्थ्य मन्त्रालयले यही २१ माघ गते शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो ।

 

Back to top button