मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

माघ १२ गते घरायसी विवाद हुँदा पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठले आफ्नै आमा ९० वर्षीय जसमाया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।जग्गा विवादमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रमाण नष्ट गर्नका लागि पथरी शनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताउनु भयो ।

आमा हराएको भन्दै कमलका दाइले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिनुभएको थियो । ्। कमललाई प्रहरीले माघ १७ गते (हिर्जा ) नियन्त्रणमा लिएको थियो ।

कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Back to top button