धार्चुला र दार्चुला जोड्न महाकालीमा मोटरेबल पुल जोड्न दुईदेशीय सम्झौता

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्न मोटरेबल पुलको निर्माणका लागि भारत–नेपालबीच सम्झौता भएको छ।

पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ।

सम्झौता पत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा हस्ताक्षर हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसमेत उपस्थित रहनुभएको थियो ।

महाकालीमा बन्ने पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीच सीमापार आवतजावत सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई अझ दरिलो बनाउने अपेक्षा भारतीय दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुल निर्माणको काम चाँडै शुरु हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

Back to top button