टेम्पो पल्टिदा चालकको मृत्यु

धनकुटा । धनकुटामा हिजो बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनकुटाको जिरोप्वाइन्टमा बजारबाट आउँदै गरेको मे १ ह ४४७४ नम्बरको टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।

दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर १ घर भई धनकुटा– ७ बस्ने ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनुभएका मगरको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा छ।

Back to top button