एमाले अध्यक्ष ओलीद्धारा सोनाम ल्होसारको शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपालका मौलिक साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, पारस्पारिक सामाजिक सदभाव, सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई पार्टीले राष्ट्रिय गन्तव्य बनाएको उल्लेख गर्दै साझा राष्ट्रिय आकांक्षा पूरा गर्न गोलबन्द हुन पनि आह्वान गर्नुभएको छ ।

Back to top button