बालुवाटारमा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्छ ।

स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताउनु भएको थियो ।

स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो। पछिल्लो समय एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ।

Back to top button