स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने प्रेस चौतारी मोरङको निर्णय

विराटनगर । प्रेस चौतारी नेपालको स्थापना दिवस जिल्ला शाखा मोरङले विविध कार्यक्रम गरि मनाउने भएको छ । आज बसेको जिल्ला कार्यसमितिको वैठकले स्थापना दिवस शुभकामना आदानप्रदान, पुरस्कार वितरणलगायतका कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।

हरेक वर्ष वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार स्थापना दिवसको दिन वितरण गर्ने निर्णय गरेको प्रेस चौतारी मोरङका सचिव शशांक पौडेलले बताउनुभयो ।

उहाँका अनुशार पुरस्कार वितरणका लागि योग्य व्यक्ति चयन गर्न प्रेस चौतारी नेपालका लेखा आयोग अध्यक्ष विक्रम लुईटेलको संयोजकत्वमा केन्द्रिय सदस्य रामचन्द्र अधिकारी, मोरङ अध्यक्ष सुदिप कोइराला र पुरस्कारका संरक्षक परिवारका सदस्य रहेको छनौट समिति गठन गरिएको छ ।

हरेक वर्ष तिवरण गर्दै आएको यो पुरस्कार कोभिड– १९ का कारण अघिल्लो वर्ष वितरण हुन नसकेकाले यस वर्ष एकैपटक दुईवटा पुरस्कार वितरण गरिने सचिव पौडेलले बताउनुभयो ।

यस्तै सोहि छनौट समितिलाई शालिग्राम मञ्जु दाहाल पत्रकारिता पुरस्कार समेत वितरणका लागि योग्य व्यक्ति चयन गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै प्रेस चौतारी मोरङले कार्यालय स्थापना गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा पत्रकारहरुलाई फेलोसिपको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।

Back to top button