३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समय अवधिमा ७ हजार पाँच सय ४४ जना कोरोनामुक्त भएका छन्। आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या ३ हजार ९ सय७ जनाले बढी छ।

उपत्यकामध्ये काठमाडौंमा ८ सय ६८, भक्तपुरमा १ सय ७० र ललितपुरमा ८५ जना गरी कुल ११ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

Back to top button