सिटिइभिटीका परिक्षा फागुन ६ देखि हुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) ले कोभिड–१९ का कारण रोकिएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ। परिषदले आज सूचना जारी गर्दै यही फागुनदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

कोरोना संक्रमण तिब्र रुपमा बढेपछि परिषद्ले गत माघ ११ गते सञ्चालन भइरहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

‘सिसिएमसी र सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि फागुन ६ गतेदेखि परीक्षा सञ्चालन हुने सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,’सूचनामा उल्लेख गरिएको छ।

Back to top button