एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकमा चुनाव घोषणाका लागि दबाव दिन काठमाडौँमा कार्यकर्ता भेला गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘भोलि मिति घोषणा भयो भने एउटा कुरा होला, होइन भने चुनाव गराउन दबावमुलुक कार्यक्रम गर्छौं ।’ स्थानीय तह निर्वाचनको मिति तोक्न एमालेको जनवर्गीय संगठनहरुले दबावमुलक कार्यक्रम गर्दै आएका छन् ।

गुरुङका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ । त्यस्तै महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमालेले निर्णय गरेको छ ।

Back to top button