एमसीसी बारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्छ प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको समेतच बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन् ।’

एमसीसी विकास परियोजना भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यसलाई लिने कि नलिने भन्ने विषय संसद र राजनीतिक दलहरुको स्वेच्छिक रोजाइ भएको बताउनु भयो ।

Back to top button