निर्वाचन मिति घोषणाअघि मन्त्रीपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीयतहको मिति घोषणा गर्नुपूर्व मन्त्रीपरिषद विस्तारको तयारीमा जुट्नु भएको छ ।

निर्वाचनको मिति घोषणा भएपछि मन्त्रीपरिषद विस्तार गर्न नपाइने भएपछि प्रधानमन्त्री देउवा त्यसअघि नै मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा लाग्नुभएको स्रोतले बताएको छ ।

रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लाग्नुभएका नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले सुजाता कोइरालालाई प्राथमिकताका साथ मन्त्री बनाउन लागेको स्रोतको दावी छ ।

कोइरालालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रीपरिषद विस्तार गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

Back to top button