भोलीदेखि पश्चिम नेपालबाट मौसममा सुधार आउने, प्रदेश १ सहित प्रदेशमा असिनासहितको वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात जारी छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज देशभर घाम लाग्ने सम्भावना छैन ।

आज दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर लगातार झरी नभई पानी पर्ने र रोकिने क्रम चल्ने छ । हिमपात र वर्षाका कारण देशभर चिसो बढेकाले सतर्कता अपनाउन मौसमविद्हरुको सुझाव छ ।

भोलीदेखि पश्चिम नेपालका जिल्लाहरुमा मौसममा सुधार आउने छ । तर गण्डकी प्रदेशदेखि पूर्वतर्फ भने भोलि पनि बदली र हल्का वर्षा नै हुने मौसमविद प्रधानाङ्गले बताउनुभएको छ । आज गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश १ सहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

Back to top button