मोटरसाइकल दुर्घटनामा थारुको मृत्यु, प्रहरी जवानलाई गाडीको ठक्कर

नेपालगञ्ज । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका प्रशान्त थारुको आज बिहान मृत्यु भएको छ ।

गएराती ९ बजेर ५० निनेट जाँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत परुवा खोला नजिक दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

थारु लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बैजापुरबाट नेपालगञ्जतर्फ आइरहनुभएको थिए । मोटरसाइकल अनियन्त्रित भएर थारु दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

यस्तै, बिहान दूध बोक्ने गाडीले प्रहरी जवानलाई ठक्कर दिएको छ । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगञ्जदेखि कोहलपुरतर्फ गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

तालिमे प्रहरीसँगै दौडिरहेको बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको प्रहरीले बताएको छ । उहाँको नर्सिङहोममा उपचार भइरहेको छ ।

Back to top button