टिपरमा भ्यान ठोक्किँदा आमाछोराको मृत्यु, १ जना गम्भीर घाइते

चितवन । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको मारुती भ्यानलाई विपरीत दिशाबाट गइरहेको टिपरले ठक्करदिदा भ्यानमा सवार २ आमाछोराको मृत्यु भएको छ। भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर रहेको छ।

बा११च ५७८८ नम्बरको भ्यानलाइ लु२ख १७०१ नम्बरको टिपरले ठक्करदिदा बिहान करिब ८ः२० बजेको समयमा दुर्घटना भएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उहाँका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उहाँले बताउनुभयो । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ।

Back to top button