विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा तत्काल विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल सुरु भएको छ ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनु पर्ने माग गरेका थिए ।

भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले विद्यालय सञ्चालन गर्ने वा नगर्ने अवश्य निर्णय लिने छ ।

Back to top button