प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकको पछिल्लो बैठकले उहाँलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो।

यसअघि उहाँ प्रधानमन्त्री देउवाको प्रेस प्रमुखको जिम्मेवारी निर्वाह गर्नुहुन्थ्यो । प्रधानमन्त्री देउवाको यसअघिको कार्यकालमा पनि परियारले प्रेस विज्ञको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै, करिब २ दशक पत्रकारितामा बिताउनुभएका उहाँ पछिल्लो समय काठमाडौं प्रेस डट कमको प्रबन्ध सम्पादक हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएपछि परियारले आफूलाई प्रधानमन्त्रीको नजिक रहेर काम गर्ने मौका मिलेको र प्रतिबद्ध भएर मिडियासम्बन्धी विषयमा प्रधानमन्त्री र उहाँको टिमलाई सहयोग गर्ने बताउनुभयो ।

Back to top button