थप २५ सय २६ जनामा संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ४ सय १८ जनाको एन्जेन्ट गरी ११ हजार ७३ जनाको परीक्षण गएिको थियो। संक्रमणदर घटे पनि मृत्यु दर घट्न सकेको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाले १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यो अवधिमा ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ।

Back to top button