पूर्व मुख्यमन्त्री आचार्यको वडामा नेकपा ९एसको वडा कमिटी गठन

विराटनगर । नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यको वडामा नेकपा (एकीकृत समाजवादी)ले कमिटी गठन गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका(६ मा नेकपा ९एस०ले वडा कमिटी गठन गरेको हो । उक्त वडामा आचार्यको घर पर्छ ।

दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

सो कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर (अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाल रहनु भएको छ । शनिवार गठन भएको सहित इनरुवामा ६ वटा वडामा कमिटी गठन गरी सकिएको नगर कमिटीका अध्यक्ष सुवास राईले बताउनु भयो ।

Back to top button