सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन

काठमाडौं । भारतीय सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन भएको छ। उहाँको बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८ सेप्टेम्बर १९२८ मा जन्मनु भएकी उहाँले ९२ वर्षको उमेरमा आज विहान निधन भएको हो।

कोभिड–१९ पोजेटिभ देखिएपछि उहाँलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उहाँको विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत हुनुहुन्थ्यो ।

पछिल्लो समय सुधारको लक्षण देखिएपछि उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। उहाँको २८ सेप्टेम्बर, १९२९ मा मध्यप्रदेशमा जन्म भएको थियो। उहाँका बुवा पण्डित दिनानाथ मंगेस्कर मराठी संगीतकार हुनुहुन्थ्यो ।

सानैदेखि संगीत क्षेत्रमा प्रवेश गर्नुभएकी लताले ३६ भाषामा गीत गाउनुभएको छ । उहाँले ३० हजारभन्दा बढी गीत गाउनुभएको छ ।

उहाँले नेपाली गीतमा पनि स्वर दिनुभएको छ । उहाँ भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्डलगायतका विशिष्ट अवार्डबाट विभूषित हुनुभएको थियो ।

Back to top button