मधेश प्रदेशमा थपिएका राज्यमन्त्रीको सपथग्रहण

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्र राय यादवलाई राज्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री नियुक्त यादवलाई शपथ गराउनुभएको हो ।

प्रदेश सभा सदस्य यादव नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आइतबार सरकारमा सहभागी हुनुभएको हो । राज्यमन्त्री बनेका यादव रौतहटका बासिन्दा हुनुहुन्छ ।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेश सरकारमा सहभागी भइसक्नुभएको छ ।

Back to top button