फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पढाई हुने

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर शुरु भएपछि बन्द भएका विद्यालयको पठनपाठन फागुन १ गतेदेखि सुचारु हुने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय भौतिक रुपमा नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै फागुन १ गतेदेखि देशभरका शिक्षणसंस्थामा भौतिक रुपमा नै पठनपाठन शुरु हुने भएको छ ।

Back to top button