हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना, तीनजना घाइते

सोलुखुम्बु । सोलुखुम्बुमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजे सोलुदुधकुण्ड नगरपालिकाको गोरा–टाप्टिङबाट सल्लेरी आउँदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्री सडकको हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

सुमो सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा सोलुदुधकुण्ड ८ का दिलिप मगर, राजकुमार मगर र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की घाइते हुनुभएको हो ।

उनीहरूको शरीरको बाहिरी भागमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Back to top button