नवनियुक्त शाखा अधिकृतहरूलाई कार्यालय छनोट गर्न भोलिसम्मको समय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापनाका लागि भोलिसम्म कार्यालय निकाय छनोट गर्न निर्देशन दिएको छ।

माघ १८ गतेको निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतहरूले भोलि अपराह्न ५ बजेसम्म छनोट गरिसक्नुपर्ने मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले जानकारी दिनुभयो ।

कार्यालय निकायको छनोटका लागि अनलाइनमार्फत् आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो।

Back to top button