खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

विराटनगर। नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन हुनुभएको छ । महासंघका अध्यक्ष रमेश पौडेल एमाले केन्द्रीय सदस्यमा मनोनित भएपछि उहाँले पूर्व जिम्मेवारीबाट विदा लिनुभएको हो ।

महासंघका उपाध्यक्ष प्रभातविक्रम कटुवालका अनुसार नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठनका समन्वय सम्यन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न महासंघको सचिवालय बैठकले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

बैठकमा संयोजक ढकालले समग्र पार्टीको नीति, समसामयिक राजनीति, खेल तथा खेलाडीलगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताउनुभयो ।

त्यस्तै एमाले पोलिटब्यूरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाले कार्यक्रम, कार्यनीति, भावी कार्यभारलगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताउनुभयो ।

संयोजक चयन भएपछि पर्शुराम बस्नेतले खेलकुद महासंघ थप शसक्त क्रियाशिल भएर अघि बढ्ने बताउनुभयो । उहाँले सम्पूर्ण खेलक्षेत्रको विकासका निम्ति आफुहरुको ध्यान केन्द्रित हुने बताउनुभएको छ । बस्नेत प्रदेश १ को प्रादेशिक खेलकुद विकास बोर्डका सदस्यसचिव समेत रहनुभएको छ ।

Back to top button